• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्बपति सुलभ अग्रवालले लुकाएको थर्मल गन खोज्दै प्रहरी 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । अर्बपति व्‍यापारी सुलभ अग्रवाल थर्मल गन कालोबजारी अभियोगमा पक्राउ परे । 

प्रहरीले उनको साथबाट ६६ थान थर्मल गन बरामद गरेको छ । तर, उनले चीनबाट कति थर्मल गन ल्याएका थिए भन्‍ने खुलेको छैन् । 

‘लकडाउन’को निर्णयपछि उनले चीनबाट मगाएको थर्मल गन लगायत स्वास्थ्य सामग्री कहाँ लुकाइएको छ भनेर प्रहरीले खोजिरहेको छ । 

चैत २१ मा नेपाल एयरलाइन्सको वाइडबडी विमानमा चौधरी फाउन्डेशन, नर्भिक अस्पताल लगायत निजी क्षेत्रले ल्याएको स्वास्थ्य सामग्रीमध्ये ठूलो परिमाणमा थर्मल गन थियो । 

सो थर्मल गन सुलभले मगाएको प्रहरीको दाबी छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको रेकर्डमा सो विमानमा २० वटा निजी क्षेत्रले सामान ल्याएको देखिन्छ । तर, २० वटा निजी क्षेत्रको सूचीमा न सुलभको नाम छ न उनको कम्पनीको नाम नै । 

सुलभको मुद्दा अनुसन्धान गरिरहेका प्रहरीसँग अर्को सुराक पनि छ, त्यो हो–‘चैत २१ पछि पनि उनले १२ हजार थान थर्मल गन चीनबाट मगाएका थिए ।’ 

तर, उनको घर कार्यालय सबैतिर खानतलासी गर्दा पनि त्यो सामान फेला परेको छैन् । सुलभले ती सामानबारे कुनै सूचना चुहाएका समेत छैनन् ।

एक वर्ष जेल सजाय हुनसक्छ !

महानगरीय प्रहरी परिसर काठमाडौंले सुलभलाई कालोबजारी तथा अन्य सामाजिक अपराध नियन्त्रण ऐन–०३२ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

सो ऐन अनुसार एक वर्षसम्म कैद वा अढाई लाख जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ ।

तर, कालोबजार तथा अन्य सामाजिक अपराध नियन्त्रण ऐन–०३२ को दफा–५ मा ‘जम्माखोरी तथा कृतिम अभाव सिर्जना गर्न नपाउने’ व्‍यवस्था छ । उनलाई सोही दफा लगाएर मुद्दा अगाडि बढाउने प्रहरीको तयारी छ । 

‘अलि कडा सजाय हुने दफा लगाउनेबारे सरकारी वकिलसँग पनि छलफल गरिरहेका छौं’ अनुसन्धानमा संलग्‍न एक प्रहरी अधिकृतले सनराइज खबरसँग भने । 

कालोबजार ऐनको दफा–५ मा व्‍यवस्था भएअनुसार अत्यावश्यक सेवा भनि सरकारले तोकेको वस्तुको अनधिकृत सञ्चय गरेमा एक वर्ष कैद वा दश लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्‍यवस्था छ । 

याे पनि पढाै‌ं:

सुलभको गिरफ्तारीले प्रधानमन्त्री र गृहमन्त्री नै चकित

सुलभ अग्रवालको बयान–‘फ्याक्ट्रीकाे मजदूरका लागि न्यूरोडबाट उठाएको थिएँ थर्मल गन’

अर्बपति व्यापारी सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ

 

प्रतिकृया दिनुहोस