• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आज चारवटा संसदीय समितिका बैठक हुँदै

सनराइज खबर


काठमाडौँ ।  केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् । 

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।
–रासस

प्रतिकृया दिनुहोस