• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नयाँ माेड : सेक्युरिटी प्रेस नकिन्न लेखा समितिले दियाे निर्देशन

सनराइज सम्पादकीय

काठमाडाैं । सेक्युरिटी प्रेस खरीद प्रकरणमा नयाँ माेड अ‌ाएकाे छ । प्रेस खरीदकाे सबै प्रकृया राेक्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएकाे छ। 

बिहीवार बसेको बैठकमा सञ्चार मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृत पनि बाेलाइएका थिए ।

सेक्युरिटी प्रेस स्थापनाका लागि सरकारले गरेको जिटुजी प्रस्ताव प्रतिष्पर्धात्मक नभएको, लागत अनुमान यथार्थ नभएको, स्विस कम्पनीको प्रस्ताव बेवास्ता गरिएको, कम्पनीहरुले प्रस्ताव गरेकाे मूल्यमा ठूलो भिन्नता भएको भन्दै समितिले गहन अध्ययन गरेर मात्र खरीद प्रकृया अगाडि बढाउन भनेकाे हाे।

समितिले विषयको गम्भीरता हेर्दै सेक्युरिटी स्थापना सम्बन्धी प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

अ‌ाजकाे बैठकमा प्रेस खरीदकाे विषयलाई लिएर सामाजिक सञ्जालहरुमा समितिका कर्मचारी र समिति सदस्यहरुको पनि मिलेमतो भएका कुरा आएको सम्बन्धमा समिति सदस्यहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए।

प्रतिकृया दिनुहोस