सरकारको नीति तथा कार्यक्रम राज्यका निर्देशक सिद्धान्त र नीतिलाई आत्मसाथ गरेको छ : ठाकुर गैरे
काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रमले राज्यका निर्देशक सिद्धान्तको मर्मलाई समातेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै गैरेले नीति तथा कार्यक्रमले राज्यका निर्देशक सिद्धान्त र नीतिहरूलाई आत्मसाथ गरेको बताउनुभयो । विगतका नीति कार्यक्रमलाई मूल्याङ्कन गरेर हेर्दा नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जस्ता समस्या हुने गरेको बताउँदै उहाँले यस वर्षको नीति तथा कार्यक्रमले त्यसलाई बदल्ने नीति अवलम्बन गरेको बताउनुभयो । ‘विगतका नीति कार्यक्रमलाई मूल्याङ्कन गरेर हेर्दा संविधानमा व्यवस्था भएको नीतिहरू विषयगत क्षेत्रमा तोकिएका नीतिहरू सम्बन्धित आर्थिक वर्षको नीति कार्यक्रमको बिचमा तादम्यता नहुने, नीतिमा भएको कार्यक्रममा नआउने, कार्यक्रममा भएको कार्यान्वयनमा नआउने जुन स्थिति थियो त्यसलाई यस पटक बदल्ने नीति अवलम्बन गरेको हामी देख्छौँ’, उहाँले भन्नुभयो ।
गैरेले सरकारको नीति तथा कार्यक्रम टेकेर बजेट र कार्यक्रम ल्याउन पनि सुझाव दिनुभयो । त्यसो गर्न सक्दा मात्र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने उहाँको धारणा छ


प्रतिकृया दिनुहोस