आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल दह्रोसँग उभिनु पर्छ : रामहरि खतिवडा
काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल बलियोसँग उभिनु पर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले आतङ्कवाद विरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताउनुभयो । ‘भारतले पाकिस्तानको आतङ्कवाद विरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ, यो जटिलताको सामना गर्न सरकार तयारी रहोस्’, उहाँले भन्नुभयो ।
खतिवडाले धितोपपत्र बोर्डमा कमिसनको काण्डबारे पनि छानबिन गर्न आग्रह गर्नुभयो ।
विदेशमा गएको पैसा देशमा फर्काउन पाइएन भन्दै अख्तियार प्रमुख रहिरहेका बताउँदै उहाँले सो अभिव्यक्तिलाई पनि ध्यान दिन आग्रह गर्नुभयो ।


प्रतिकृया दिनुहोस