आज पनि प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दै छ ।
बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा आज पनि सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नु हुने छ ।


प्रतिकृया दिनुहोस