प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो भन्दै प्रतिनिधिसभामा प्रश्न गर्नुभयो ।
उहाँले भनुभयो ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो भनेर मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस् भनेर भनुभयो ।
त्यस्तै, उहाँले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राख्नुभयाे । सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उहाँको माग छ ।
उहाँले भनुभयो ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन् । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् भनुभयो ।’


प्रतिकृया दिनुहोस