• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग

समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो  भन्दै  प्रतिनिधिसभामा  प्रश्न गर्नुभयो ।

उहाँले भनुभयो ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ  । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो  भनेर मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस्  भनेर भनुभयो ।

त्यस्तै, उहाँले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राख्नुभयाे । सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उहाँको माग छ ।

उहाँले भनुभयो ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन् । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् भनुभयो ।’

प्रतिकृया दिनुहोस