• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कांग्रेस–एमालेको सरकारले सहमतिमै काम गरिरहेको छ : सांसद थापा

समाचार

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य बहादुर थापाले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको बताउनुभएको छ । 


सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै  उहाँले अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताउनुभएको हो । 


उहाँले,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैन जस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् । पछिल्लो २० महिनाको शासन देखेकै हौं । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो । तिनको हविगत के भएको छ ? त्यो नदेखेको होइन् ।

त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ । कुशासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो ।’ भनेर भन्नुभएको छ । 
साथै उहाँले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको पनि बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस