• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

 मधेसी र थारु माथि सरकारले सधैँ अन्याय गर्‍यो : महन्थ ठाकुर 

सनराइज खबर संवाददाता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई विना कारण पाँच घण्टा हिरासतमा राखिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राज्यले मधेसी, थारुलगायतका समुदायलाई जहिल्यै पनि अन्याय गरेको गुनासो गर्नुभयो । ‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो, त्यसको कुनै कारण छैन, एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो, रेशम चौधरी र सिके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए, तर राज्यले मधेसी, थारुलगायतका समुदायलाई जहिल्यै पनि अन्याय किन गर्छ ?’, उहाँले प्रश्न गर्नुभयो । 

राज्यले जहिल्यै पनि आफूलाई विजेताको रूपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो । आफूहरूलाई राज्यले सधैँ पराजितको रूपमा व्यवहार गरिएको उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस