आज प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रम माथि छलफल हुने
काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ ।
आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रधानमन्त्रीले प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस