• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

त्रिवि क्रिकेट मैदानलाई आधुनिक बनाइने, भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक क्रिकेट मैदान बनाउने भएको छ । 

शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने सरकारको कार्यक्रम रहेको जानकारी दिनुभयो । ‘रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ, त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने छ’, उहाँले भन्नुभयो ।  

खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने सरकारको नीति तथा कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उहाँले बताउनुभयो । 

त्यस्तै भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र, मनोरञ्जन पार्कको रूपमा विकास गरिने जानकारी पौडेलले दिनुभयो ।  

 

प्रतिकृया दिनुहोस