• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आफू सरकारमा रहँदा कानमा तेल हालेर बस्नले शिक्षकलाई नउकासौँ : सूर्य थापा 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिक्षकको माग प्रति संसद् गम्भीर रहेको बताउनुभएको छ । 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले आफू सरकारमा हुँदा केही काम नगर्न तगर अहिले शिक्षकलाई ऐन लिएर मात्र फर्क भनेर उकास्ने काम बन्द गर्न पनि आग्रह गर्नुभयो । उहाँले विद्यालय शिक्षा विधेयकको काम कहाँ पुग्यो भन्ने विषयमा शिक्षा मन्त्रालये जानकारी दिनु पर्ने पनि बताउनुभयो । 

शिक्षा मन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्मा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । विधेयक पारित गर्न संसद् गम्भीर रहेको बताउँदै उहाँले शिक्षकलाई उत्तेजित भएर हिंसात्मक आन्दोलन नगर्न र राजनीतिक स्वार्थ पुरा गर्न शिक्षकलाई नउकास्न सचेत गराउनुभयो । ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ र केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ, शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो । 

विद्यालय शिक्षा विधेय यही संसद् अधिवेशनबाट टुङ्गोमा पुर्‍याउने प्रक्रिया जारी रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुङ्ग्याउने प्रक्रियामा छौँ, सिङ्गो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी शिक्षा मन्त्रीले यो संसद्मार्फत राख्नुपर्छ’, उहाँले भन्नुभयो । 

 

प्रतिकृया दिनुहोस