वर्तनमा सरकार निकम्मा र असक्षम : गङ्गा कार्की कार्की
काठमाडौं । प्रतिनिधि सभा सदस्य गङ्गा कार्कीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै सबैभन्दा कमजोर सरकार भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकार असक्षम, लाछी र बदनाम भएको बताउनुभयो सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको उहाँको भनाइ छ । सरकार असफल भएकोले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने उहाँको धारणा छ । ‘सरकारमै रहेका महत्त्वपूर्ण नेताहरूले सार्वजनिक रूपमा यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन्, चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन’, उहाँले भन्नुभयो ।
सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाएका उहाँले बताउनुभयो । लाखौँ विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरेको उहाँको धारणा छ ।


प्रतिकृया दिनुहोस