• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आज तीनवटा संसदीय समितिको बैठक बस्दै 

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ ।

विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेका हुन् । 

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको १ बस्दै छ । आज बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि  छलफल हुने कार्यसूची रहेको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बिहान ११ बजे बस्दै छ । बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गरिने छ । 

 

प्रतिकृया दिनुहोस