आज तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ ।
विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेका हुन् ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको १ बस्दै छ । आज बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुने कार्यसूची रहेको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बिहान ११ बजे बस्दै छ । बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गरिने छ ।


प्रतिकृया दिनुहोस