• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट

सनराइज खबर संवाददाता

काठमाडौं । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । 

प्रदेश सभा बैठक दिउँसो १ बजेबाट सुरु हुँदै छ । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोक मार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । 

अधिवेशनमा अन्य विधेयकहरू तथा विभिन्न समसामयिक विषयमा समेत छलफल हुने छ । 

 

प्रतिकृया दिनुहोस