नेपालमा खेलेर पनि बाच्न सक्ने स्थिति बनेको छ : तेजुलाल चौधरी
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद क्षेत्र निक्कै अगाडि बढेको बताउनुभएको छ ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले नेपालमा खेल खेलेर पनि बाँच्न सकिन्छ भन्ने धारणा विकास हुँदै गएको बताउनुभयो । नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि बढाउँदा राम्रो आर्थिक आर्जन गर्न सकिएको उहाँले धारण राख्नु भयो ।
देशलाई क्रिकेटको हब बनाउन सकिन्छ भन्ने उद्देश्यले काम भइरहेको उहाँले बत्ताउनुभयो । ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ, जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ, यसरी खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ, पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ, खेलकुद खेलेर पनि बाच्न सकिन्छ’, उहाँले भन्नुभयो ।
आवश्यक जनशक्ति नहुँदा युवा तथा खेलकुद मन्त्रालयले ठुला ठुला योजना सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो । देशमा धेरै ठाउँमा खेलका पूर्वाधार बनाउनु पर्ने भए पनि मन्त्रालयसँग पर्याप्त बजेट र जनशक्ति नभएको चौधरीले स्पष्ट पार्नुभयो । ‘हामीसँग खेलकुद मन्त्रालय अन्तर्गत प्राविधिक इन्जिनियरहरू पर्याप्त मात्रामा छैनन्, राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरू छैनन्, करारमा लिएर काम सञ्चालन गरिरहेका छौँ, करारमा ल्याए पनि इन्जिनियरहरूको ठुलो कमी महसुस भएको छ’, उहाँले भन्नुभयो ।


प्रतिकृया दिनुहोस