• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

खबर स‌ंवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश सभाको पाँचौं अधिवेशनकाे पहिलाे बैठक आजदेखि प्रदेश सभा भवन राप्ती उपत्यकामा सुरु हुन लागेकाे हाे ।

मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेश सभाको हिउँदे अधिवेशनकाे बैठक आज दिउँसो २ बजे बस्नेगरी आह्वान गर्नुभएकाे हाे ।

आजकाे बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनुहुनेछ । बैठकमा दलको तर्फबाट सांसद्हरुले शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची पनि रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रदेश सभाकाे चौथो अधिवेशन गत भदाै ३१ गते अन्त्य भएको थियो । 

प्रतिकृया दिनुहोस