• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सातै प्रदेशका कारागार निरीक्षण गरिने

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गर्ने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सात वटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

उनले भने– ‘कारागारहरुको अवस्था सन्तोषजनक नभएको भन्ने खवर सार्वजनिक भएको अवस्थामा कारागारभित्र बस्ने बन्दीहरुको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको हो ।’

कारगारभित्र बस्ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानूनी सहायता समयमै नपाएकाे भन्ने गुनासाे  बढेकाे उनले बताए ।

संविधानले सम्बोधन गर्न नसकेका विषयमा जनताका गुनासाे सुन्न र कार्यान्वयनको अवस्थाका विषयमा बुझ्नका लागि संवैधानिक सम्मेलन गर्ने निर्णय पनि समितिले गरेको छ । 

उनले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरु एकै ठाउँमा बसेर सम्वाद गर्ने गरी  चितवनमा बसेर संवैधानिक सम्मेलन गरिने जानकारी दिए । 
    

प्रतिकृया दिनुहोस