• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एमसीसीबारे व्यापक छलफल र अध्ययन आवश्यक – भीम रावल

सनराइज खबर संवाददाता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदीय समितिमा व्यापक छलफल हुनुपर्ने विचार नेकपा सांसद् भीम रावलले राखेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले यस्ताे विचार राखेका हुन्।  उनले एमसीसीको विषयलाई धेरैले राष्ट्रहितका‍े भन्दा पनि नीजि रुपमा धारणा राख्‍ने गरेको बताए । 

यस्तै नेकपाकै  सांसद् नारदमुनि रानाले एमसीसीको विषयमा संसद्‍मा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको बताए । उनले भने–‘एउटा पक्षले जसरी पनि एमसीसी पारित हुनै पर्छ भन्‍ने र अर्को पक्षले पारित हुनुहुँदैन भन्‍ने अतिवादी शक्तिहरु संसद्‍मा जुहारी खेलिरहेका छन् ।’

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् । एमसीसी परियोजनामा गम्भिरतापूर्वक छलफल गरी राष्ट्रघात नहुने गरी एकतावद्ध भएर संसद्‍बाट पास गर्नुपर्नेमा उनको जोड छ ।

 

प्रतिकृया दिनुहोस