श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईद्वारा नाम फिर्ता
काठमाडाैं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएकाे छ ।
मंगलबार संसदीय सुनुवाइ समितिको सचिवालयमा पुगेर भट्टराईले आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराउनुभएकाे हाे ।
भट्टराईको संसदीय सुनुवाइ सकिए पनि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि समितिले उहाँकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न सकेकाे थिएन ।
गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १७ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ । शैक्षिक याेग्यता पेस गर्न नसक्दा सुनुवाइ सकिएर पनि भट्टराईकाे नाम अनुमाेदन हुन बाँकी थियाे ।


प्रतिकृया दिनुहोस