पारित भयाे सुदूरपश्चिम सरकारकाे बजेट
काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट बहुमतले पारित भएको छ ।
आइतबार बसेकाे प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएकाे हाे । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भदाै ३१ गते बसेकाे प्रदेश सभा बैठकमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गर्नुभएकाे थियाे ।
बजेट पारित भएसँगै २ महिनादेखिको बजेट शून्यता हटेको छ ।


प्रतिकृया दिनुहोस