अन्त्य भयाे काेशी प्रदेश सभाकाे चालु अधिवेशन
काठमाडाैं । कोशी प्रदेश सभाको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभाको पाँचौं तथा वर्षे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयाे । सभामुख विष्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय बैठकमा पढेर सुनाउनुभएकाे हाे ।
कोशी प्रदेश सभाको वर्षे अधिवेशन गत जेठ ११ गतेदेखि सुरु भएको थियो ।
असाेज २ गते बसेकाे प्रदेश सभा बैठकमा काेशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासकाे मत लिनुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस