१६ देशका लागि सिफारिस राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस भएका राजदूतहरूको नाम अनुमोदन गरेको छ ।
बिहीबार बसेकाे संसदीय सुनुवाइ समितिले १६ देशका लागि सिफारिस नेपाली राजदूतको नाम अनुमोदन गरेको हाे । सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गर्ने निर्णय बैठकले गरेकाे हाे ।
श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण अधिकारीको नाम भने समितिले अनुमोदन गरेकाे छैन । अधिकारीले आवश्यक शैक्षिक याेग्यता पेस नगरेकाले अनुमाेदन नभएकाे बताइएकाे छ ।


प्रतिकृया दिनुहोस