• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र दुई राजदूत विरुद्ध उजुरी आह्वान

खबर स‌ंवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतसहित दुई राजदूत विरुद्ध उजुरी आह्वान गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले राख्नुभएकाे सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव पारित भएकाे हाे ।

भदाै ३१ बसेकाे संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेकाे थियाे । भदाै २५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको राजदूतमा कांग्रेस नेतृ चित्रलेखा यादवलाई सिफारिस गरेकाे थियाे । साउन ३२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस