• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासकाे मत

खबर स‌ंवाददाता

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत पाउनुभएकाे छ ।

बुधबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा ८३ सांसद्ले भाग लिएकाेमा उहाँकाे पक्षमा ६३ र विपक्षमा १६ मत परेकाे छ ।

तेस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत पाउनुभएकाे हाे । ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ४, एकीकृत समाजवादीका ४ जना र जसपाका १ सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ४७ र २ तिहाइका लागि ६२ जना सांसद् चाहिन्छ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले उहाँले आज विश्वासको मत लिनुभएकाे हाे । साउन ११ गते सरकारबाट बाहिरिएकाे माओवादीले भदाै १४ गते सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियाे ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै काेशीमा पनि कांग्रेस-एमालेको सरकार बनेको छ । 

प्रतिकृया दिनुहोस