• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

निजामती सेवा ऐन उच्च राजनीतिक तहमा समन्वय गरेर चाँडै आउँछ : राजकुमार गुप्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन चाँडै ल्याइने बताउनुभएको छ । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गुप्ताले सो कुराको जानकारी दिनुभएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा भएको छलफलमा उहाँले समितिमा मात्र छलफल गर्दा वर्षौँ जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने जानकारी दिनुभयो । ‘छलफलमा नै राखेर बस्ने हो भने दुई तीन वर्ष नै जान्छ, त्यसैले उच्च राजनीतिक तहमा समन्वय गर्छु, उहाँहरूको निर्देशन लिन्छु, छलफल गरेर अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो । 

गुप्ताले निजामती सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरी अगाडि बढ्न आग्रह गर्नुभयो । ‘समितिमा त थुप्रै विधेयकहरू छन्, तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला’, उहाँले भन्नुभयो ।  

 

प्रतिकृया दिनुहोस