• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

संसदीय छानबिन समितिले रवि लामिछानेसँग लियो राती एक बजेसम्म बयान 

सनराइज खबर संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिनुभएका पुर्वगृह मन्त्री प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसदीय छानबिन समितिले राति एक बजेसम्म बयान लिएको छ । 

सहकारी छानबिन विशेष समितिले शुक्रबार अपराह्न ४ः३० बजेबाट सुरु गरेको बयान मध्यरातको मध्यरातमा १ः१५ बजेसम्म लिएको थियो । लामिछानेलाई ५० वटा बढी प्रश्न सोधिएको थियो । 

लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी ,पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आफ्नो नाममा निकालिएको ऋणमा आफ्नो हस्ताक्षर तथा आफ्ना कुनै कागजात समावेश नभएको बयान दिनुभएको थियो । तर आफ्नो स्वीकृति बिना आफ्नो नाममा अरूले त्यत्रो ऋण निकाल्दा किन कानुनी प्रक्रियामा नगएको भन्ने जवाफ लामिछानेसँग छैन । 

लामिछानेले संस्थाको प्रबन्ध निर्देशकको रूपमा सामान्य दैनिक प्रशासकीय काम मात्रै गरेको दाबी गर्नुभएको छ । कार्यकारी प्रमुखका रूपमा आर्थिक सहयोग जुटाउने लगायताको कामहरू जीबी राईले गर्ने गरेकोले कहाँबाट कसरी रकम आयो भन्ने कुरा जीबी राईलाई थाहा हुने लामिछानेको बयान छ । 

आफ्ना विरुद्धको कुनै दाबी प्रमाण कसैसँग नभएको प्रतिक्रिया बयान पछि लामिछानेले पत्रकारलाई दिनुभयो । आफूलाई सोधिएको सबै प्रश्नको जवाफ समितिलाई दिएको लामिछानेले बताउनुभयो । आफू सधैँ समस्यासँग सामना गरिरहेको मानिस भएकोले समितिलाई पनि जवाफ दिएको उहाँले सुनाउनुभयो । 

 

प्रतिकृया दिनुहोस