• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सभामुख सापकोटाले पहिलो बैठक आज सञ्चालन गर्दै

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज दिनको १ बजे बस्दै छ । प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरे पछि बैठक आज बस्न लागेको हो ।

अग्निप्रसाद सापकोटा सभामुख बनेपछि पहिलो बैठक आज सञ्चालन गर्दैछन् । गत पौष ४ गतेबाट सुरु भएको हिउँदे अधिवेशन सभामुख बिहीन हुदा पटक पटक सर्दै आएको थियो ।  

बैठकका सम्भावित कार्यसूची

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुखलाई दलीय आधारमा सभा सदस्यहरुले बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले निम्न वार्षिक प्रतिवेदन शभामा पेस गर्ने कार्यतालीका रहेको छ ।  

(क) “न्याय परिषद् र न्याय सेवा आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 
(ख) “लोक सेवा आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 

(ग) “राष्ट्रिय मानव अधिकार आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 
(घ) “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 

(ङ) “राष्ट्रिय समावेशी आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 
(च) “मधेशी आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 

(छ) “थारु आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने । 
(ज) “मस्लिम आयोगको आ.व. ०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्ने ।
 

प्रतिकृया दिनुहोस