• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सनराइज खबर संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । 

गत असार २० गते कांग्रेस–एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल नेपाली कांग्रेसका १८, एमालेका ११  र नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य साहको पक्षमा छन् । 

प्रतिकृया दिनुहोस