जटिल प्रकारका रोगीलाई एक लाख रुपैयाँले पुग्दैन: मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताउनुभएकाे छ ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ ।’
साथै उहाँले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताउनुभयाे । उहाँले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरुमा सेवा सुविधा प्रभावकारी बनाउनको लागि जनशक्ति थप गरिने बताउनुभयाे ।


प्रतिकृया दिनुहोस