कर्णालीका मुख्यमन्त्री यामलाला कँडेलले पाउनुभयो विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत पाउनुभएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका कँडेललाई एमाले र कांग्रेसका प्रदेश सभा सदस्यले मत दिनुभएको थियो ।
४० सदस्सीय प्रदेश सभामा विश्वासको मत पाउन काम्तिमा २१ मत आवश्यक थियो । कँडेलेको यो दोस्रो पटकको विश्वासको मत हो । यस अघि माओवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कँडेलले केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेको कारण माओवादीले दिएको समर्थन फिर्ता लिएपछि आज दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।


प्रतिकृया दिनुहोस