वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाउनु भयो विश्वासको मत
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाउनुभएको छ ।
मंगलबार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो । कूल १ सय १० प्रदेश सभा सदस्य भएको प्रदेश सभामा उहाँले ६४ मत पाउनुभएको छ । उहाँलाई प्रदेश सभाबाट विश्वास पाउन कम्तीमा ५६ मत आवश्यक रहेको थियो ।
लामालाई नेपाली कांग्रेस ३७ र एमाले २७ गरी ६४ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिनुभएको छ । प्रदेश सभाको बैठकमा उपस्थित कूल १ सय ३ सदस्य मध्ये उहाँको विपक्षमा ३५ मत खसेको थियो । त्यस्तै तीन मत तटस्थमा परेको थियो । बैठकमा ७ जना प्रदेश सभा सदस्य अनुपस्थित हुनुहुन्थ्यो ।
लामा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।


प्रतिकृया दिनुहोस