• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुसिंह लामाले आज विश्वासको मत लिँदै 

सनराइज खबर संवाददाता

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदै हुनुहुन्छ । 

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो तीन बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । 

नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका लामालाई बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ ।  

वाग्मती प्रदेश सभामा १ सय १० जना प्रदेश सदस्य छन् । नेपाली कांग्रेस र नेकपा  एमालेका मात्रै ६४ जना सांसद छन् । 

 

प्रतिकृया दिनुहोस