सञ्चार क्षेत्र मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पर्छ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल हुनुपर्ने बताएका छन् । मन्त्री गुरुङले सञ्चार क्षेत्र मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो । ‘प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ’, उहाँले भन्नुभयो ।
प्रेस स्वतन्त्रताका मात्र कुरा गर्दा त्यो मर्यादित भएन भने समाजमा नकारात्मक असर पर्ने उहाँले बताउनुभयो । ‘प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो’,उहाँले भन्नुभयो ।
प्रेस स्वतन्त्रता कायम गरी काउन्सिललाई नियामक निकायको रूपमा राख्नु पर्ने सांसदहरूको सुझाव छ । मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश व्यक्तिको भनाई प्रति उहाँहरूले मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिकृया दिनुहोस