लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडकाे बजेट
काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।
दाङस्थित प्रदेश सभा भवनमा शनिबार बसेकाे प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएकाे हाे ।
चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आचार्यले बताउनुभयाे ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १२ अर्ब १ करोड, रोयल्टी ५० करोड, स्थानीय तहबाट राजस्व बाँडफाँट २ अर्ब ५२ करोड रहेकाे पनि मन्त्री आचार्यले जानकारी दिनुभयाे ।


प्रतिकृया दिनुहोस