• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासकाे मत, माओवादीकाे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाद्वारा फ्लाेर क्रस

खबर स‌ंवाददाता

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएकाे छ ।

साेमबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित सांसद् फणिन्द्र देवकोटाले समर्थन गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत पाउनुभएकाे हाे ।

प्रदेश सभामा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा ३१ र विपक्षमा २८ मत परेकाे छ । मुख्यमन्त्रीकाे पक्षमा परेकाे ३१ मत हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याकाे बहुमत भएकाले मुख्यमन्त्रीकाे विश्वासकाे मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएकाे सभामुखले घाेषणा गर्नुभयाे ।

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र प्रदेश सभा सदस्य एक माओवादी केन्द्रका सांसद् णीन्द्र देवकोटाले मत दिनुभएकाे हाे ।

विश्वासको मतका पक्षमा देवकोटाले फ्लोर क्रस गरेपछि प्रदेश सभामा नेकपा एमाले र माओवादी केन्द्रका सांसद्ले केहीबेर नाराबाजी पनि गरेका थिए । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको ह्वीप विपरीत देवकाेटाले मत दिनुभएकाे हाे ।

प्रतिकृया दिनुहोस