• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाउनुभएन विश्वासकाे मत

खबर स‌ंवाददाता

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल हुनुभएकाे छ । 

बुधबार बसेकाे प्रदेश मधेश प्रदेश सभा बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत पाउन नसक्नुभएकाे हाे । मत विभाजन प्रक्रियामा १ सय ३ जना सांसद् उपस्थित भएकाेमा उहाँको पक्षमा ५० र विपक्षमा ५३ जनाले सांसद्ले मतदान गरे ।

मुख्यमन्त्री यादवले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावकाे पक्षमा परेकाे मत संख्या प्रदेश सभामा तत्काल कायम रहेकाे सदस्य संख्या बहुमत नभएकाले उहाँकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयाे । याेसँगै मुख्यमन्त्री यादव स्वत: पदमुक्त हुनुभएकाे छ ।

१०६ सदस्यीय मधेश प्रदेश सभामा मुख्यमन्त्री यादवलाई बहुमत पुर्‍याउन ५४ सांसद्काे समर्थन आवश्यक थियाे । मुख्यमन्त्री यादवले विश्वासकाे मत नपाएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश सरकारबाट आउट भएकाे छ । 

जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री यादवले यसअघि ४ पटक विश्वासको मत पाउनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस