बुझाउन नसक्दा एमसीसी बारे भ्रम फैलियो – काेमल वली
काठमाडौं । सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे आफ्ना विचार राखेका छन् ।
राष्ट्रिय सभा बैठककाे विशेष समयमा बोल्दै सांसद्हरुले एमसीसीकाे पक्ष र विपक्षमा विचार राखेका हुन् ।
नेकपाकी सांसद कोेमल वलीले एमसीसी बारेमा भ्रम फैलाउने काम भएको बताइन् । सबै दल र ठूला नेताले एमसीसीको विरोध नगरेको भन्दै उनले भनिन्– ‘सरकारले यथार्थ कुरा जनतालाई बुझाउन नसक्दा भ्रम फैलाउने काम भयो ।’
दातृ निकायको दूतावास समेतले एमसीसी कुनै पनि सैन्य गठबन्धनसँग सम्बन्धित नभएको स्पष्ट पारिसकेको वलीको भनाइ छ ।
नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित नभएको बताएको थियो ।
नेकपाकै सांसद् राजकुमार कुँवरले एमसीसी संघीय संसद्बाट अनुमोदन भए देशमा बाह्य हस्तक्षेप बढ्ने बताए । एमसीसी परित भएमा यसमार्फत् अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले बताए ।
सांसद् कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने भनाइ राखे ।
द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या तत्काल सम्बोधन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।


प्रतिकृया दिनुहोस