• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रिय सभामा पेस

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा आइतबार ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, ०७५/७६ पेस भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोे प्रतिवेदन पेस गरेका हुन् ।  मन्त्री नेम्वाङले रेल्वे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरे ।

यसैगरी गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।

प्रतिकृया दिनुहोस