• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कांग्रेस र राप्रपाका सांसद् अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

खबर स‌ंवाददाता

काठमाडाैं । गण्डकी प्रदेश सभाकाे बैठक जेठ १५ गतेसम्मका लागि स्थगित भएकाे छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् अनुपस्थित भएपछि शुक्रबार बसेकाे गण्डकी प्रदेश सभा बैठक ४ मिनेटमै स्थगित भएकाे हाे ।

बैठकमा सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार र कार्यविभाजन सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभएकाे थियाे । 

त्यसपछि सभामुख धितालले प्रतिपक्ष बेञ्चमा सांसद्हरु नभएकाले निर्धारित कार्यसूचीमा उल्लेख रहेका कार्यक्रम हटाइएकाे सभालाई जानकारी गराउनुभयाे ।  त्यसपछि उहाँदे प्रदेश सभाको अर्काे बैठक जेठ १५ गते १ बजे बस्नेगरी स्थगित गरिएकाे बताउनुभयाे ।

प्रतिकृया दिनुहोस