विश्वविद्यालयलाई कृषि कर्ममा जोड्न सकिएन –मन्त्री भुसाल
काठमाडौं । कलेज तथा विश्वविद्यालयमा कृषि अध्ययन भए पनि कृषि कर्मसँग जोड्न नसकिएको कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाकोे दीगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री भुसालले सो कुरा बताएका हुन् ।
त्यस्तैगरी समितिको बैठकमा समाजवादी पार्टीकी सांसद् प्रमिला कुमारीले नेपालमा कृषि सम्बन्धी अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको बताइन् । नेपाल कृषि प्रधान देश भएपनि पर्याप्त अध्ययन–अध्यापन गराउने शैक्षिक संस्था हुन नसकेको भन्दै कृषि मन्त्रीको जवाफ माग गरिन् ।
सांसद् प्रमिला कुमारीको जवाफ दिँदै मन्त्री भुसालले देशमा कृषि विश्वविद्यालय नै नभएको भन्ने प्रश्न सहि नभएको बताए । तर भएका कलेज तथा विश्वविद्यालयहरुलाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा समस्या रहेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस