सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएकाे छ ।
बिहीबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री साेडारीले विश्वासको मत पाउनुभएकाे हाे । उहाँकाे पक्षमा २८ मत र विपक्षमा शून्य मत परेकाे छ ।
पक्षमा परेकाे २८ मत हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याकाे बहुमत भएकाले मुख्यमन्त्री साेडारीले विश्वासको मत पानुभएकाे सभामुख भीमबहादुर भण्डारीले घाेषणा गर्नुभयाे ।
कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद्ले भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेका थिए । उनीहरुले सभामा नाराबाजी समेत गरेका थिए ।


प्रतिकृया दिनुहोस