• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोशी प्रदेशका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने, प्रतिपक्षमा नै बस्ने 

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशमा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । 

सोमबाट प्रदेश सभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट बोल्दै सो पार्टीका प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले सत्ता समीकरणमा रहेको कारण सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेञ्चमा बस्ने बताउनुभयो । 

बैठकमा बोल्दै जबेगुले पार्टीले विश्वासको मत दिने निर्णय गरेकोले कार्कीको पक्षमा मत दिने जानकारी दिनुभयो । वामपन्थी नेतृत्वको गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएको कारण मत दिन लागेको जबेगुले बताउनुभयो । 

वर्तमान सरकार गठन प्रक्रियाको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेला मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको जबेगुले बताउनुभयो । सरकारलाई कामकाज गर्न अदालतले नरोकेको अवस्था मुख्यमन्त्रीले हतार गर्नु नहुने उहाँको भनाइ छ । 

वर्तमान सरकारसँग आफूहरूका धेरै असहमति रहेका उहाँले बताउनुभयो । प्रदेशको नामाकरणको विषयमा आफ्नो दलको अझ ठुलो विमति रहेको जबेगुले सुनाउनुभयो । कसरी अघि बढ्ने के, गर्ने के नगर्ने भन्ने विषयमा त मुख्यमन्त्रीले आफूहरूसँग छलफल नै नगरेको आरोप जबेगुले लगाउनुभयो । 

उहाँले एकीकृत समाजवादी सत्ता गठबन्धनमा रहे पनि सरकारमा नरहेको उहाँले बताउनुभयो । ‘हामी सत्ता गठबन्धनमा छौँ तर सरकारमा छैनौँ, त्यसैले हाम्रो दल प्रतिपक्षको बेञ्चमा रहने कुरा जानकारी गराउन चाहन्छौँ, प्रतिपक्षी बेञ्चमा रहे पनि गठबन्धनमा रहेको नाताले सरकारलाई हाम्रो दलको पूर्ण सहयोग रहेन छ’, जबेगुले भन्नुभयो । 

प्रतिकृया दिनुहोस