• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधि सभा बैठक अनिश्चित

खबर स‌ंवाददाता

काठमाडाैं । संघीय संसद्काे बजेट तथा बर्खे अधिवेशन आजदेखि सुरु भएकाे छ ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएकाे हाे । संघीय संसद्‍का दुई सदनमध्ये राष्ट्रिय सभाको बैठक सुरु भइसकेको छ  ।

तर प्रतिनिधि सभा बैठक भने अझै सुरु हुन सकेकाे छैन । प्रतिनिधि सभा बैठकअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्न समेत ढिलाई भएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने कडान नछाड्दा बैठक प्रभावित भएकाे हाे । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमतिका लागि अहिले परामर्श गरिरहनुभएकाे छ ।

दुवै सभाको बैठक दिउँसाे २ बजेका लागि आव्हान गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस