राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधि सभा बैठक अनिश्चित
काठमाडाैं । संघीय संसद्काे बजेट तथा बर्खे अधिवेशन आजदेखि सुरु भएकाे छ ।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएकाे हाे । संघीय संसद्का दुई सदनमध्ये राष्ट्रिय सभाको बैठक सुरु भइसकेको छ ।
तर प्रतिनिधि सभा बैठक भने अझै सुरु हुन सकेकाे छैन । प्रतिनिधि सभा बैठकअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्न समेत ढिलाई भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने कडान नछाड्दा बैठक प्रभावित भएकाे हाे । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमतिका लागि अहिले परामर्श गरिरहनुभएकाे छ ।
दुवै सभाको बैठक दिउँसाे २ बजेका लागि आव्हान गरिएको थियो ।


प्रतिकृया दिनुहोस