महालेखा परीक्षकमा तोयम रायकाे नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस हुनुभएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
मंगलबार सिंहदरबारमा बसेकाे संसदीय सुनवाइ समितिकाे बैठकले रायको नाम सर्वसम्मत अनुमोदन गरेकाे हाे । संसदीय सुनुवाइपछि रायकाे नाम सर्वसम्मत अनुमाेदन भएकाे समिति सदस्य महेश बर्ताैलाले जानकारी दिनुभयाे ।
याेसँगै रायलाई राष्ट्रपति रामचन्द्र पाैडेलले ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त गर्नुहुनेछ ।
संवैधानिक परिषद्काे चैत १८ गते बसेकाे बैठकले रायलाई गत महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस