• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

महालेखा परीक्षकमा तोयम रायकाे नाम सर्वसम्मत अनुमोदन

सनराइज खबर संवाददाता

काठमाडौं । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस हुनुभएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

मंगलबार सिंहदरबारमा बसेकाे संसदीय सुनवाइ समितिकाे बैठकले रायको नाम सर्वसम्मत अनुमोदन गरेकाे हाे । संसदीय सुनुवाइपछि रायकाे नाम सर्वसम्मत अनुमाेदन भएकाे समिति सदस्य महेश बर्ताैलाले जानकारी दिनुभयाे ।

याेसँगै रायलाई राष्ट्रपति रामचन्द्र पाैडेलले ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त गर्नुहुनेछ ।

संवैधानिक परिषद्‌काे चैत १८ गते बसेकाे बैठकले रायलाई गत महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस