• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वास लिँदै

सनराइज खबर संवाददाता

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएकाे छ ।

दिउँसाे १ बजे बस्ने वाग्मती प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । साे व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । 

प्रतिकृया दिनुहोस